+

रियल बेटिसलाई पेनाल्टीमा हराउँदै बार्सिलोना फाइनलमा

२०७९ पुष  २९ गते १२:१२ २०७९ पुष २९ गते १२:१२
रियल बेटिसलाई पेनाल्टीमा हराउँदै बार्सिलोना फाइनलमा

२९ पुस, काठमाडौं । रियल बेटिसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

गोलरक्षक मार्क टर स्टेगेनको शानदार प्रदर्शनमा बार्सिलोनाले पेनाल्टी सुटआउटमा ४–२ को जित जिकालेको हो । साउदी अरबमा भइरहेको प्रतियोगिताको उपाधिका लागि बार्सिलोनाले रियल म्यड्रिड प्रतिस्पर्धा गर्नेछ । रियल पनि भ्यालेन्सियालाई पेनाल्टी शुटआउटमै हराएर फाइनलमा पुगेको हो ।

निर्धारित समयमा १–१ बराबरी खेलेको बेटिस र बार्सिलोनाले र अतिरिक्त समयमा २–२ गोलको बराबरीपछि खेल पेनाल्टीमा लम्बिएको हो ।

पेनाल्टीमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे । रियल बेटिसका लागि भने, विलियम जोश र लोरेन मोरोनले गोल गर्दा तेस्रो पेनाल्टीमा जुआनमी र चौथो पेनाल्टीमा विलियम कार्भाल्हो चुके ।
बार्सिलोनाले उपाधिका लागि रियल म्याड्रिडसँग खेल्नेछ ।

फाइनल १५ जनवरीमा हुनेछ ।

बार्सिलोना रियल बेटिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय