
२९ पुस, हेटौंडा । नेपाली कांग्रेसका शिवराज अधिकारीलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ ।
शुक्रबार बसेको बैठकमा अधिकारीलाई सभामुख बनाउने प्रस्तावमाथि मतदान भएको थियो । ११० सदस्यीय प्रदेशसभामा जेष्ठ सदस्य बाहेक सबैले मतदान गरेका थिए ।
अधिकारीको पक्षमा ३६ मत परेको छ भने विपक्षीमा ६५ मत खसेको छ । ७ प्रदेशसभा सदस्य भने तटस्थ बसेका छन् ।
यसअघि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सायजुलाई सभामुख बनाउने प्रस्ताव पनि अस्वीकृत भएको थियो ।
अब सत्तारुढ गठबन्धनका उम्मेदवार भुवन पाठकलाई सभामुख बनाउने प्रस्तावमाथि मतदान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4