+
+

काठमाडौंमा फागुन अन्तिम सातामा महिला स्वास्थ्य सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १४:२१

काठमाडौं । महिला स्वास्थ्य सम्मेलनको औपचारिक घोषणा भएको छ । बिहीबार होटल हिमालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक सुनिल शर्माले महिला स्वास्थ्य सम्मेलनको औपचारिक घोषणा गरेका हुन् ।

कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका शाखा प्रमुख तथा सम्मेलन आयोजक समितिको सदस्य सचिव कविता अर्यालद्वारा सम्मेलनको प्रारूप एवम् अवधारणा प्रस्तुत गरेकी थिइन् ।

आगामी २५-२६ फागुनमा काठमाडौंमा हुने यस सम्मेलनले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्नेरोग, बालर किशोररकिशोरी तथा जेष्ठ नागरिक स्वास्थ्य, विपदमा महिला स्वास्थ्य तथा पोषण सम्बन्धी महिला स्वास्थ्यका बारेमा शोध पत्र र प्रस्तुति आव्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?