
१ माघ, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।
अहिले विमान दुर्घटनास्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।
पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाका दमकलले आगो निभाउन प्रयास गरिरहेका छन् ।
अहिलेसम्म कति व्यक्ति हताहती भए भन्ने खुलेको छैन । घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोंचमा दुर्घटनाग्रस्त भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4