
१ माघ, काठमाडौं । यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको पोखराको दुर्घटनामा उद्धार हेर्ने स्थानीयको बाक्लो भीडका कारण उद्धारमा कठिनाइ भएको छ ।
स्थानीयको भीडको कारण उद्धारस्थलमा एम्बुलेन्सको आवागमनमा समस्या देखिएको छ । उद्धार र समन्वयका लागि पुगेका टोलीलाई पनि समस्या परहेको उद्धार खटिएका एक प्रहरी अधिकारीले बताए ।
यस्तै बाक्लो भीडको कारण टेलिफोन सेवा समेत प्रभावित भएको छ । त्यसले गर्दा उद्धार सम्पर्क स्थापित गर्न कठिन भएको छ । सामाजिक सञ्जालमा लाइभ गर्नेहरुको ठूलो संख्याले इन्टरनेट सेवा पनि प्रभावित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4