+
+

उद्धारमा तीव्रता दिन सरकारलाई कांग्रेसको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १३:१८

१ माघ, काठमाडौं । नेपाली कांग्रेसले विमान दुर्घटनामा परेका नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

कांग्रेस सभापति देउवाले विज्ञप्ति निकाल्दै यती एयरलाइन्सको दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । देउवाले घटनामा परी निधन भएकाहरुका श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् ।

काठमाडौंबाट पोखराका लागि आज उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको थियो । आइतबार पोखराका लागि उडेको उक्त विमानमा चालक दलका ४ जनासहित ६८ यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?