
१ माघ, काठमाडौं । अमेरिकी दूतावासले पोखरामा भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ ।
दूतावासले ट्वीट गर्दै पोखरामा भएको दुर्घटनाले मर्माहत बनाएको बताएको छ । ‘आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट हामी अत्यन्त मर्माहत भएका छौं’, दूतावासले ट्वीट गरेको छ ।
दूतावासले मृतकका परिवारलाई समवेदनासमेत व्यक्त गरेको छ । साथै, विमान दुर्घटनामा कुनै पनि अमेरिकी नागरिक नपरेको बताएको छ ।
आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको ९एन एएनसी एटीआर ७२ जहाज सेती खोचमा दुर्घटना भएको थियो । जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4