+
+

महालक्ष्मी विकास बैंकको साधारणसभाबाट १०.४७ प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १२:२७

काठमाडौं । महालक्ष्मी विकास बैंकको २१औंं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.४७ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको २९ पुसमा सम्पन्न साधारणसभाले उक्त लाभांश पारित गरेको हो । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष (आव) २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको थियो ।

चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

साधारणसभाले आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात, आव २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको हो ।

साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

साधारणसभाले आव २०७९/८० मा बैंकको लेखापरिक्षण गर्न जेवी राजभण्डारी एण्ड डिबिन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?