
१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन् । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
दुरंघटनाबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड दुर्घटनास्थलको निरीक्षण र आवश्यक निर्देशन दिन पोखरा जान लागेका हुन् ।
प्रधानमन्त्रीसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र अर्का उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा जानेछन् ।
प्रधानमन्त्रीको टोली नेपाली सेनाको हेलिकप्टरबाट पोखरा जानेछन् ।
दुर्घटना भएको विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । घटनास्थल सेती खोचबाट केही शव निकालिएको छ । भने बाँकी उद्धारको काम हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4