
दुर्घटनास्थल । तस्वीर : सुदर्शन/रञ्जित
१ माघ, काठमाडौं । पाकिस्तानको राष्ट्रिय संसदले काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटनामा दुःख व्यक्त गरेको छ ।
पाकिस्तानको राष्ट्रिसभा संसदका सभामुख राजा पर्वेज असरफ र उपसभामुख जाहिद अक्रम दुर्रानीले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
‘विमान दुर्घटनाबाट दर्जनौँ मानिसको ज्यान गएको खबरबाट हामी दुःखी छौँ । यो दुःखको घडीमा पाकिस्तान, नेपाल सरकार र आम नागरिकसँग ऐक्यवद्धता जनाउँछ छ,’ पाकिस्तानको राष्ट्रिसभाको ट्वीटर ह्याण्डलमा दुख व्यक्त गरिएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4