
प्रधानमन्त्रीलाई पोखरा लैजानका लागि बालुवाटारमा पुगेको हेलिकप्टर । तस्वीर : अनलाइनखबर
१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।
‘प्रधानमन्त्री, मन्त्रीहरु गइसकेपछि भीडभाड होला, असहज होला र नियन्त्रण गर्न गाह्रो होला भनेर नजाने निर्णय गरेका छौं,’ उपप्रधानमन्त्री लामिछानेले भने ।
प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो ।
तर अन्तिममा स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4