
१ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेकी छन् ।
आइतबार दिउँसो ट्वीटरमार्फत उनले घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4