
१ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा नयाँदिल्ली गएकी छन् ।
आरजु निकट एक केन्द्रीय सदस्यका अनुसार स्वास्थ्य उपचारको नियमित फ्लो अपमा उनी आइतबार (आज) दिल्ली गएकी हुन् । ‘फ्लो अपमा जान ढिलो भइसकेको थियो । उपचारका लागि जानुभएको हो’, उनले भने ।
आरजुको गत साउनमा नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गरिएको थियो ।
उपचारकै क्रममा आरजुले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई भेटेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4