
२ माघ, काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति राष्ट्रिय प्रजापतन्त्र पार्टी (राप्रपा)ले दु:ख व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले वक्तव्य जारी गरि दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।
अध्यक्ष लिङ्देनले नेपाली आकाशमा बारम्बार भइरहेको दुर्घटनाको कारणहरुको विस्तृत अध्ययन, अनुसन्धान गर्नुका साथै आगामी दिनमा दुर्घटना न्युनीकरणका उपाय अवलम्बन गर्न सरोकारवालालाई ध्यानाकर्षणसमेत गराएका छन् ।
उनले सुरक्षित हवाई यात्राको विषयमा प्रष्ट योजना ल्याउन र हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने
नकारात्मक असरबारे गम्भीर बन्न नेपाल सरकारसँग अनुरोधसमेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4