
२ माघ, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ३० पुस शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूाजी ४१ करोड ५१ लाख १३ हजार २८५ रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड २९ लाख २ हजार ६५७ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
लघुवित्तले आर्थिक वर्ष २०७८/७९ मा नेपाल एग्रो लघुवित्तलाई गाभेर एकीकृत कारोबार सुरु गरेकोले आयकर ऐन २०५८ अनुसार बोन सेयरमा लाग्ने कर छुट हुने जनाएको छ ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4