
२ माघ, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश परिमार्जन गरेको छ । १२ पुसमा बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । तर, नेपाल बीमा प्राधिकरणले प्रस्तावित लाभांश परिमार्जन सहित वितरण गर्न स्वीकृति प्रदान गरेकोले लाभांश परिमार्जन भएको कम्पनीले जनाएको छ ।
कम्पनीले अब ८.९७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ भने कर प्रायेजनका लागि नगद लाभांश नदिने भएको छ । कम्पनीको परिमार्जित लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4