
२ माघ, काठमाडौं । आइतबार पोखरामा भएको जहाज दुर्घटनाले तंग्रिंदै गरेको पर्यटन क्षेत्रमा ठूलो धक्का दिने पर्यटन व्यवसायीले बताएका छन् ।
होटल संघ पोखराले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली उड्डयन क्षेत्र ईयूको कालोसूचीबाट हट्ने प्रयास गर्दैगर्दा यस दुर्घटनाले ठूलो धनजनको क्षति मात्र नभई कोभिड-१९ को मारबाट भर्खरै पुनरुत्थानतर्फ अग्रसर हुँदै गरेको पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको उल्लेख गरेको छ ।
नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन व्यवसायीले नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई गम्भीर बन्न समेत आह्वान गरेका छन् ।
व्यवसायीले विपद्को समयमा खोजी, उद्धार र राहतका कार्यक्रम चुस्त र दुरुस्त राख्नु पर्ने कदम चाल्न सरकारसँग अनुरोध समेत गरेका छन् ।
आइतबार यती एयरलाइन्सको ९एन–एएनसी एटीआर ७२–५०० जना दुर्घटनामा परेको थियो । जहाजमा ७२ जना यात्रु थिए । जसमध्ये ६८ जना यात्रुको मृत्यु भएको पुष्टि भइसकेको छ भने ४ जना यात्रुको अवस्था अझै अज्ञात नै छ ।
प्रतिक्रिया 4