
२ माघ, काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार माइतीघरमा दीप प्रज्वलन गरिएको छ ।
विभिन्न समूहमार्फत युवाहरुले माइतीघरमा भेला भएर दीप प्रज्वलन गरेका हुन् । उनीहरुले विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा दिएकामा असन्तुष्टि जनाएका थिए ।
उनीहरुले बोकेको प्लेकार्डमा सार्वजनिक विदा दिनुभन्दा थोत्रा जहाजहरु हटाउनुपर्ने सन्देश लेखिएको थियो ।
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन् ।
तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4