
फाइल तस्वीर
२ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विद्यमान हवाईसँग सम्बन्धी नीति नियम परिमार्जन गर्नुपर्ने माग राखेका छन् । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले भनेका छन्, ‘हवाईसम्बन्धी नियम कडाइका साथ पालना गर्न, परिमार्जन र पुनः मूल्यांकन गर्न समेत अनुरोध गर्दछु ।’
सरकारले ४५ दिनभित्र प्रतिवेदन दिने गरी गठन गरेको छानबिन समितिले निकालेको निष्कर्ष ठोस र भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन सजगता अपनाउन मार्ग निर्देश गर्न सक्ने होस् भन्ने अपेक्षा आफूले गरेको मेयर महर्जनले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
उनले आगामी दिनमा यस्ता घटना हुन नदिन सरोकारवाला पक्षहरुबीच यात्रुको सुरक्षा, सावधानी लगायतका सन्दर्भमा सहकार्य गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4