
३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाउने भएको छ ।
सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादी केन्द्रलाई चार मन्त्री र एक राज्यमन्त्री परेको थियो । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् ।
यस्तै सुदन किराँती पर्यटन तथा नागरिक उड्डयनमन्त्री र श्रीपाली राज्यमन्त्री हुने भएकी हुन् ।
२०६८ मा उनी दलित आयोगको सदस्य भएकी श्रीपाली माओवादी केन्द्रकाे केन्द्रीय सदस्य छिन् । उनका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत नेपाली सेनामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4