
३ माघ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
मंगलबारका लागि छापावाल सुनको मूल्य एक लख ५ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ६ सय र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ प्रतितोला तोकिएको छ ।
सोमबार छापावल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ७ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4