+
+

परराष्ट्रमन्त्रीले भनिन् : जनतामा पुर्‍याउने सेवा र सुविधा सहज बनाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १४:३०

३ माघ, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छिन् ।

राष्ट्रपतिसँग शपथग्रहण लगत्तै मन्त्रालयमा पुगेर पदभार सम्हालेकी पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताइन् ।

‘जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने छ,’ उनले भनिन् ।

विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने तीन प्राथमिकता रहेको पनि उनले बताइन् ।

उनले आफू नीति फेर्नेतिर नलाग्ने बताइन् ।

‘आफू आउनासाथ सबै नीति फेर्नेतिर लाग्दिन । नेपालको असंलग्न परराष्ट्रनीति अनुसार अघि बढ्ने हो,’ परराष्ट्रमन्त्रीले भनिन्, ‘मान्छेपिच्छे हाम्रो परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन । यति धेरै विज्ञहरु यहाँ हुनुहुन्छ । भइरहेका नीतिमा ग्याप छन् भने मिलाउँछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?