
३ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखेका छन् ।
उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखिएको हो ।
यसअघि मन्त्रीको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको मात्र तस्वीर राख्ने गरिन्थ्यो । तीनवटै मन्त्रालयमा मन्त्री पुग्नुअघि नै कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राख्न आग्रह गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाका मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा शपथ लिएपछि राप्रपाका मन्त्रीहरु पशुपतिनाथको दर्शन गर्न पुगेका थिए । त्यसपछि मात्र उनीहरुले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
प्रतिक्रिया 4