
काठमाडौं । कोका–कोलाले महिला व्यवसायीहरुको सीप विकासर तथा सशक्तिकरणका लागि तालिम सञ्चालन गरेको छ ।
कम्पनीका अनुसार खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने १००० भन्दा बढी महिला व्यवसायीहरुलाई तालिम प्रदान गरिएको हो ।
गत ८ मार्च २०२२ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कम्पनीले बोटलिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो ।
खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धी तालिम दिइएको कम्पनीले बताएको छ ।
प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका मुख्य शहरहरुमा एक–एक दिन कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4