
३ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यती एयरलाइन्सको जहाज दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेका छन् ।
मंगलबार मन्त्रालयमा पदभार ग्रहण लगत्तै उनले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीसँग नेपालको समग्र हवाई सुरक्षाको अवस्थाबारे ब्रिफिङ लिएका हुन् ।
उनले खोज तथा उद्दारको काममा भइरहेको कामको विषयमा समेत अधिकारीबाट जानकारी लिए । सो क्रममा उनले खोज तथा उद्दारको काममा कुनै कमी कमजोरी रहन नदिने आवश्यक सम्पूर्ण काम गर्न प्राधिकरणलाई निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।
गत आइतबार पोखरामा यती एयरलाइनसको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । एक जनाको अवस्था अझै अज्ञात रहेको छ । खोजी कार्य अहिले पनि जारी छ । मंगलबार ४८ वटा शव काठमाडौं ल्याइएको छ । यती एयरलाइन्सका अनुसार शवहरुको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम थालिएको छ ।
प्रतिक्रिया 4