
३ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ पछि मन्त्री भण्डारी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालय सम्हालेको पहिलो दिन उनले वाणिज्य नीति पुनरवलोकन गर्ने निर्णय गरे ।
पदभार सम्हालेपछि मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिन आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको न्यूनतम साझा कार्यक्रमअनुसार काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4