
३ माघ, काठमाडौं । क्रोएसिया जान लागेका २१ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना लगायत २१ जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार दुबई हुँदै क्रोएसिया जान लागेका उनीहरुको साथबाट जनही २ हजार देखि ३ हजार युरो बरामद भएको छ, जबकी राहदानीमा त्यति रकम दरपिट गरेको थिएन ।
सोधपुछका क्रममा पदमबहादुर विश्वकर्माले पठाएको बयान दिएपछि प्रहरीले उनलाई पनि विमानस्थालको गेट बाहिर पक्राउ गरेको छ । उनको साथबाट १ लाख २० हजार रुपैयाँ बरामद भएको छ ।
थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4