+
+

कर्णालीको उपसभामुखमा इन्द्रा शाही र यशोदा न्यौपानेको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते ११:०६

४ माघ, सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुखका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसकी इन्द्राकुमारी शाही र माओवादी केन्द्रकी यशोदा न्यौपानेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनीहरु दुवै समानुपातिक सांसद हुन् ।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ ।

न्यौपानेलाई सत्तारुढ गठबन्धनको साथ छ भने कांग्रेसकी शाही एक्लै चुनावमा भिड्दैछिन् ।

यसअघि आइतबार प्रदेशभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक/एकजना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?