
४ माघ, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ४ माघ बुधबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गरेको हो ।
नेपाल धितोपत्र बोर्ड दिएको स्वीकृति अनुसार कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुने ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।
जसमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि स्थानीयलाई जारी गर्ने सेयरको ४० प्रतिशतले हुने १३ लाख ३३ हजार कित्ता छुट्याएको छ ।
यस्तै आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका बासिन्दाहरुका लागि ६० प्रतिशतले हुने १९ लाख ९९ हजार ५०० कित्ता सेयर निष्काशन खुला गरेको हो ।
यस्तै कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्न लागेको जारी पूँजीको १५ प्रतिशतले हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयरमध्ये १० प्रतिशतले हुने ४ लाख ९९ हजार ८७५ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन खुला गरेको हो ।
कम्पनीले निष्कासन गरेकेा आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले छिटोमा माघ १८ गते र उक्र अवधिमा पर्याप्त आवेदन नपरेमो फागुन ४ गतेसम्म आावेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ। कम्पनीको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा स्थानीय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । प्रति दरखास्त फारामबापत आवेदकले २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले ताप्लेजुङमा ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत आयोजना सञ्चालन गरीरहेको छ । जसको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ अनुमान गरिएको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरी प्रक्रिया अगाडि बढाएको थियो ।
प्रतिक्रिया 4