
४ माघ, काठमाडौं । काठमाडौं-बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । हिमालय एयरलाइन्सले यो रुटमा नियमित उडान पुनः सुरु गरेको हो ।
कम्पनीका अनुसार बेइजिङमा हिमालयले मंगलबार पहिलो उडान गरेको छ । कोरोना भाइरसको महामारीसँगै चीनका अधिकांश गन्तब्यको उडान अवरुद्ध भएको थियो । चीनले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई चीनमा उडानको अनुमति खुला गर्दै गइरहेको छ ।
हिमालयले ११ जनवरीबाट काठमाडौं-बेइजिङमा साताको एक नियमित उडान गर्ने भएको छ ।
बेइजिङको डासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयले उडान गर्नेछ । कोभिड महामारीयता काठमाडौंलाई चीनको राजधानी जोड्ने यो मात्र एक उडान हुनेछ । उडान हरेक शनिबार हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4