+

नवीनले पेरिस ओपन कराते खेल्दै

२०७९ माघ  ४ गते १३:०७ २०७९ माघ ४ गते १३:०७
नवीनले पेरिस ओपन कराते खेल्दै

४ माघ, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता नवीन रसाइलीले पेरिस ओपक कराते प्रतियोगिता खेल्ने भएका छन् ।

विश्व कराते महासंघको क्यालेन्डरमा रहने पेरिस ओपन आगामी शुक्रबारदेखि आइतबारसम्म आयोजना हुँदैछ ।

नवीनले ६७ केजीमूनि तौलसमूहमा आफ्नो चुनौति प्रस्तुत गर्दैछन् । यही तौलसमूहबाट उनी तीन वर्षअघि दक्षिण एसियाली च्यम्पियन बनेका थिए । प्रशिक्षकका रुपमा रवि महर्जन पनि बुधबार उनीसँगै फ्रान्स जानेछन् ।

नेपालमा लामो समयदेखि कराँते महासंघको विवाद रहँदा आधिकारिक गतिविधिहरु हुन सकेको छैन । तर, राष्ट्रिय टिमको प्रशिक्षण र आफ्नै प्रयासमा वैदेशिक सहभागिता भइरहेको छ ।

 

कराते नवीन रसाइली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय