
के रैछ र जीवन आखिर कहाँ झरेर जान्छ
जलिरहेको दीप जसरी हुरीमा मरेर जान्छ
जता जता हावाले लान्छ, उतै बहेर जान्छ
थाहा छैन जीवन कुन भूमरीमा परेर जान्छ
जीवनका हर विम्बमा मैले खुसीहरू खोजें
सुख त केवल दर्पण रहेछ भ्रम छरेर जान्छ
बाँचुन्जेल रहेछ जीवनका दु:खसुखका पल
एक दिन यो कुनै एउटा बहाना गरेर जान्छ
के रैछ र जीवन आखिर कहाँ झरेर जान्छ
जलिरहेको दीप जसरी हुरीमा मरेर जान्छ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4