
५ माघ, काठमाडौं । जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् ।
बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि नलड्ने बताएकी छन् ।
उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीको नेताबाट राजीनामा दिइसक्ने बताएकी समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि भावी दलको नेताको लागि चुनाव हुनेछ । लेबर दलको उपनेताले समेत पार्टी नेतृत्वमा रुची नभएको बताएका छन् ।
न्यूजील्याण्डमा यही वर्षको अक्टोबर १४ मा आम निर्वाचन हुँदैन ।
She said she had given her “absolute all” during nearly six years in office but didn’t have the reserve to serve another term. https://t.co/uyagTdHoGg pic.twitter.com/MBo8cWVYPD
— The Associated Press (@AP) January 19, 2023
आर्डर्नले आफ्नो भविष्यबारे केही समयपछि सोच्न प्रतिक्रिया दिएकी छिन् ।
सन् २०१७ मा प्रधानमन्त्री पद सम्हाल्दा उनी ३७ वर्षकी थिइन् । उनी त्यतिबेला विश्वको सबैभन्दा कान्छी महिला राज्य प्रमुख बनेकी थिइन् ।
आफ्नो कार्यकालमा उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिदमा गोली हानाहान जस्ता धेरै चुनौती व्यहोरिन् ।
राजीनामा पछि उनले परिवारलाई समय दिने बताएकी छिन् । ‘म छोड्दै छु, किनकि यस्तो विशेषाधिकार प्राप्त भूमिकाको साथ जिम्मेवारी आउँछ। त्यस्तो जिम्मेवारी जसले कहिले तपाईं नेतृत्वको लागि सही व्यक्ति हुनुहुन्छ र कहिले हुनुहुन्न भन्ने कुरा तपाईँलाई थाहा दिन्छ,’ उनले भनेकी छन्।
उनले अगाडि थपिन्, ‘मलाई थाहा छ यो जिम्मेवारी पूरा गर्न के चाहिन्छ र मलाई थाहा छ कि मसँग अब यस जिम्मेवारीमा बसेर न्याय गर्न पर्याप्त [क्षमता] छैन। यो एकदम सरल कुरा हो।’
प्रतिक्रिया 4