
५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पौडेलले प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच आधा घन्टा संवाद भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार तनहुँका ठूला विकास आयोजनाका बारेमा कुरा गर्न पौडेल बालुवाटार पुगेका हुन् । ‘तनहुँका ठूला विकास आयोजनाहरुका बारेमा कुरा गर्न जानुभएको हो । बिपी कोइराला हस्पिटल, तल्लो जलविद्युत् आयोजना, लगायत अरु विकास आयोजनाको प्रधानमन्त्रीसँगी गर्नु भएको छ,’ अधिकारीले भने ।
पौडेल राष्ट्रपति पदको आकांक्षी छन् । राजनीतिको विषयमा भने कुराकानी नभएको अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4