
५ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई वित्तीय स्थिति विश्लेषणका लागि मागेको तथ्यांक पठाउन पुनः ताकेता गरेको छ ।
मन्त्रालयले यसअघि गत ५ भदौमा सबै स्थानीय तहलाई भदौ मसान्तसम्म विवरण पठाउन भनेको थियो । तर अहिलेसम्म अधिकांश स्थानीय तहले विवरण नपठाएपछि सामान्यले फेरि ताकेता गरेको हो । मन्त्रालयले स्थानीय तहलाई आन्तरिक आय, बजेट तथा खर्च सम्बन्धी विवरण मागेको थियो ।
मन्त्रालयले तोकेतासम्बन्धी बिहीबार एक सूचना जारी गर्दै अब माघ मसान्तसम्म स्थानीय तहले विवरण पठाउनुपर्ने जनाएको छ ।
सामान्य प्रशासन मन्त्रालयले दिएको निर्देशनलाई स्थानीय तहले बेवास्ता गर्दा मन्त्रालयमा विवरण सम्बन्धी काम गर्न असहज भइरहेको मन्त्रालयका कर्मचारीहरुले गुनासो गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4