+
+

एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १७:१०

५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताएका छन् । सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको उनले बताए ।

संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे प्रश्न गरेका थिए । जवाफमा ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

कांग्रेसले त गठबन्धन भत्काउँछौं, हाम्रो उम्मेदवार राष्ट्रपति हुन्छ भनेको छ नि भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘ठीकै छ ।’

एमालेको चाहिं राष्ट्रपति उम्मेदवार को भन्ने सञ्चारकर्मीहरुको अर्को प्रश्नमा भने एमाले अध्यक्ष ओलीले पछि भनौंला भन्ने जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?