
६ माघ, काठमाडौं । पुस महिनामा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) करिब ८ हजार जना विद्यार्थीले लिएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार पुसमा सात हजार ८५१ जना विद्यार्थीले विभिन्न देशका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।
अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया लगायत ४२ देशका लागि विद्यार्थीले एनओसी लिएका छन् ।
शाखाको अनुसार एनओसीबाट सरकारले एक करोड ६६ लाख बढी राजस्व संकलन गरेको छ । विभिन्न कारणले ८२ जनाको एनओसी रद्द भएको शाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4