
फाइल तस्वीर
६ माघ, धनगढी। कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका-१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अत्तरियाका अनुसार चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर मृत्यु भएको हो ।
उनी सहचालक हुन् । दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका-१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् ।
उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा गम्भीर चोट लागेको छ ।
गोदावरीबाट ढुङ्गा ल्याउन जादै गरेको अवस्थामा अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4