+

ऐंठन किन हुन्छ ?

२०७९ माघ  ६ गते १७:४३ २०७९ माघ ६ गते १७:४३
ऐंठन किन हुन्छ ?

काठमाडौं । मनोचिकित्सक डा. सरोज ओझाका अनुसार सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन् ।

पहिलो चरणमा निदाउने बित्तिकैको १० मिनेटको स्थिति यस्तो हुन्छ कि आधा ब्युँझिएको र आधा निदाएको । यतिबेला सानोतिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ ।

कसैले चर्को स्वरमा बोल्यो, ढोका खोलेको आवाज आयो, भाँडावर्तन बजेको आवाज आयो भने पनि मान्छेको निद्रा भंग हुन्छ । यदि बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुरो हुँदै जान्छ ।

दोस्रो चरणमा मुटुको धड्कनको गति पनि बिस्तारै घट्दै जान्छ । तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौं । चौथो चरणलाई र्‍यापिड आइमोमेन्टको चरण भनिन्छ । यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ ।

यतिबेला श्वासप्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्तसञ्चार बढिरहेको हुन्छ । तर हाम्रो मांसपेशीहरु एकदम निष्क्रिय हुन्छ । र, केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौं ।

यही चरण हो, हामीले सपना देख्ने पनि ।

र्‍यापिड आइमोमेन्टबाट निस्किने क्रममा हामीलाई कहिलेकाहीं ऐठन हुन सक्छ । दिमाग चलिरहेको हुन्छ । शरीर चलाउन खोज्दा शरीर चल्दैन । त्यसकारण हामी अत्तालिंदै ब्युँझिन्छौं । हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो । यसैलाई हाम्रो पुरातन समाजमा भूतप्रेतले दुःख दिएको भन्ने बुझाइ छ । यसैलाई ऐठन भन्ने गरिएको छ । अंग्रेजीमा भने यसलाई स्लिपिङ पारालाइस भनिन्छ ।

ऐंठन किन हुन्छ ?

मनोचिकित्सक डा. कपिल उपाध्याय भन्छन्, ‘खासगरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो । खासगरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ ।’

ऐठनका सम्बन्धमा व्यक्तिपिच्छे फरक–फरक अनुभव सुनिएको छ । कसैलाई गह्रौं वस्तुले थिचे जस्तो हुने, कसैलाई बलियो वस्तुले अँठ्याए झैं हुने, कसैलाई सास नै थुनिदिए झैं हुने गर्छ । यस्तो स्थिति केही सेकेण्ड वा मिनेटसम्म हुने हो ।

मनोचिकित्सकका उपाध्यायका अनुसार ऐठन पर्नु भनेको सुताइको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो । तर ऐठनका बारेमा समाजमा अनेक धारणा वा भ्रम व्याप्त छन् । त्यही कारण ऐठन परेपछि मान्छेहरु चिन्तित हुने गरेका छन् ।

‘ऐठन आफैंमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ, त्यसले मान्छेलाई मनोरोगी बनाउने भय हुन्छ,’ मनोचिकित्सक उपाध्याय भन्छन् ।

ऐंठनको अन्धविश्वास

भूतप्रेतको कारण ऐठन हुन्छ भन्ने बुझाइ सदियौंदेखि रहँदै आएको पाइन्छ । यसलाई कतिपयले भड्किएको आत्मा आएको, बोक्सीले पिरेको वा प्रेतले दुःख दिएको भन्ने गरिन्छ ।

विलियम सेक्सपियरको विख्यात कृति रोमियो एण्ड जुलियटमा पनि ऐठनको सन्दर्भ जोडिएको छ । उक्त कृतिमा ऐठनलाई राक्षसको प्रभाव भनिएको छ । राति सुतेको बखत हुने असजिलो वा अप्ठ्यारो स्थितिलाई विश्वका हरेकजसो समाजमा अन्धविश्वाससँग जोडेर व्याख्या गर्ने पाइएको छ । खासगरी दुष्टआत्माले दुःख दिएको भन्ने आम बुझाइ पाइन्छ ।

‘यो एकदमै सामान्य कुरा हो,’ मनोचिकित्सक उपाध्याय  भन्छन्, ‘तर यसलाई भूतप्रेतसँग जोडेर जटिल बनाइएको छ र यसले चाहिं मान्छेमा मानसिक तनाव थपिदिएको छ ।’

अनिद्रा, उत्तानो परेर सुत्ने बानी, नसालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ । कहिलेकाहीं शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सक उपाध्याय बताउँछन् ।

समाधान के ?

उपाध्यायका अनुसार ऐठनको समस्याबाट गुज्रिरहेको अवस्था छ भने निद्राको सन्तुलन व्यवस्थित गर्नुपर्छ ।

त्यसका लागि निद्राको समय तालिका बनाउन सकिन्छ । सुत्ने र उठ्ने तालिका एकनास हुनुपर्छ । शयन कक्ष शान्त, सफा हुन जरुरी छ । ओछ्यान सहज हुनुपर्छ । हल्का पहिरन लगाएर सुत्नुपर्छ । पलङ वा सिरानीमा सरसामान राख्नु हुँदैन । सुत्नुअघि गहिरो सास लिने र छाड्ने अभ्यास एकदमै प्रभावकारी हुन्छ ।

अहिले धेरैले मोबाइल चलाउने, चर्को गीत बजाएर सुत्ने गर्छन् । यसले पनि गहिरो निद्रामा बाधा पर्छ ।

ऐठन स्वास्थ्य
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?