+
+

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग पर्यटनमन्त्रीको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १६:५६

६ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् ।

मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । नेपालमा अहिले एक मात्र हवाई प्रवेश बिन्दु छ । यसमा अत्यधिक चाप छ । सोहीकारण थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरिएको मन्त्री किरातीले जनाएका छन् ।

भेटमा श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधै सकारात्मक रहेको बताएको समेत मन्त्री किरातीले उल्लेख गरेका छन् । नेपालमा अहिले सिमरा बिन्दुबाट मात्र जहाज प्रवेश गर्न सक्छन् । नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश गर्न सक्ने गरी रुट मागिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?