
८ माघ, जनकपुरधाम । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।
उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।
मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4