
काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘जीवनसाथी’ आगामी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । निर्माताले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मलाई माघ १३ गते रिलिज गर्ने जानकारी दिएका हुन् ।
फिल्मको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत र सानिया खान छन् । प्रिन्सराज श्रेष्ठ, भरतकुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको फिल्म फायर इन्टरप्राइजेज र सिन्का फिल्म प्रोडक्सनले निर्माण गरेका हुन् ।
भरतकुमार मल्लको प्रस्तुति रहेको फिल्म मुलुकबाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिए । तामाङ भाषाका दर्जनौं फिल्म निर्देशनपछि लामा नेपाली भाषाको फिल्ममा अघि बढेका हुन् । वितरकमा आरआर फिल्म्स छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4