
८ माघ, वीरगञ्ज । सरकारले निर्धारण गरेको उखुको मुल्यमा पूर्न विचार गर्न समाजवादी किसान संघले माग गरेको छ ।
माघ ७ र ८ गते वीरगञ्जमा बसेको महासंघ केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सकारलाई पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको हो । उखु किसान सन्तुष्ट हुन नसकेको बताउँदै महासंघले उखुको समर्थन मुल्यले किसानको लागत खर्च समेत नउठ्ने ठहर गरेको छ ।
त्यसैगरि धानको समर्थन मुल्य समयमै नतोक्दा किसानले सस्तोमा धान बिक्रि गर्न बाध्य भएको भन्दै समाजवादी किसान महासंघले धान सरकारले खरिद गर्नुपर्ने माग राखेको छ ।
बिचौलिया तथा व्यापारीलाई सस्तोमा धान बिक्रि गर्न बाध्य गर्नुको साटो सरकारले नै किसानसँग खरिद गर्नुपर्ने समाजवादी किसान महासंघका महासचिव ओम कृष्ण श्रेष्ठले बताए । सरकारमार्फत नै किसानले धान बिक्रि गर्न सके ठगिने, कम मुल्यमा बेच्नुपर्ने, बजार नपाउने जस्ता समस्याबाट मुक्ति मिल्ने विश्वास महासंघको छ ।
बैठकले कृषि ऋण सहज र सरल तारिकाले उपलब्ध हुने वातावरण मिलाईदिन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय समेत भएको महासंघका उपमहासचिव तबरेज अहमदले जानकारी दिए ।
महासंघ सदस्यलाई क्रियाशिल बनाउन ७ वटै प्रदेशमा फागुन ३० गतेभित्र प्रदेश समितिहरु गठन पूर्नगठन गर्ने र।
मधेश प्रदेशबाट महाराज यादव, कर्णाली प्रदेशबाट प्रबजन उपाध्याय र लता चौलागाई र लुम्बिनी प्रदेशबाट प्रबजन शाहीलाई महासंघको केन्द्रीय सदस्यमा ४ मनोनयन गरेको छ ।
प्रतिक्रिया 4