+

बार्सिलोना र रियल मड्रिड विजयी

२०७९ माघ  ९ गते ९:०७ २०७९ माघ ९ गते ९:०७
बार्सिलोना र रियल मड्रिड विजयी

९ माघ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा उपाधि दाबेदार क्लबहरू बार्सिलोना र रियल मड्रिड विजयी भएका छन् ।

शीर्ष स्थानको बार्सिलोनाले घरेलु मैदानमा गेटाफेलाई १-० ले हरायो । पेड्रीले रफिन्हाको पासमा खेलको ३५औं मिनेटमा गरेको गोल नै बार्सिलोनालाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

जितपछि बार्सिलोनाले रियलमाथि ६ अंकको अग्रता बनाएको थियो । तर रियल मड्रिडले एथ्लेटिक विल्वाओलाई २-० ले हराएर अंक दूरी छोट्यायो । रियलका लागि करिम बेन्जेमाले २४ औं र टोनी क्रुसले इन्जुरी टाइममा गोल गरे ।

गएरातीको खेलपछि बार्सिलोना १७ खेलबाट ४४ अंकसहित शीर्ष स्थानमा कायम रहँदा रियलको ४१ अंक छ ।

बार्सिलोना रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय