
९ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको निर्देशन प्राप्त हुनासाथ आन्तरिक उडानमा जहाज खरिद प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
सोमबार पर्यटन मन्त्री सुदन किरातीलाई निगम मुख्यालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन ।
‘निगमको आफ्नै स्रोतले २/३ वटा जहाज किन्न सप्छ,’ उनले भने, ‘सरकारको निर्देशन प्राप्त हुनासाथ प्रक्रिया अगाडि बढाउछौं ।’
अब छिट्टै निगमले आफ्नो कार्ययोजना मन्त्रालयमा पेश गर्ने उनले बताए । राष्ट्रिय ध्वजाबाहकले नाफा भन्दा सेवालाई प्राथमिकता दिएर उडान सेवा दिनु पर्ने उनको तर्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4