+
+

चिनियाँ राजदूत छेनको भेटघाट तीव्र

राजदूत नियुक्त भएपछि २४ पुसमा कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छेनले पछिल्लो समय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका प्रमुखसँगको भेटघाटलाई बाक्लो बनाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १९:२४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्दै चिनियाँ राजदूत छेन सोङ्ग । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

९ माघ, काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङ्गले काठमाडौंमा उच्चस्तिरीय राजनीतिक एवं कूटनीतिक भेटघाटलाई तीव्र बनाएका छन्।

राजदूत नियुक्त भएपछि २४ पुसमा कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छेनले पछिल्लो समय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका प्रमुखसँगको भेटघाटलाई बाक्लो बनाएका हुन् ।

राजदूत छेनले काठमाडौं पुगेको चार दिनपछि २९ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । त्यसपछि उनले १ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेट हुनु दुई दिनअघि मात्रै पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । दूतावासका अनुसार भेटका क्रममा छेनले प्रधानमन्त्रीसँग विमान दुर्घटनाप्रति दुःख व्यक्त्त गर्दै नेपाल-चीन द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल गरेका थिए ।

त्यसको भोलिपल्ट २ माघमा उनले नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहमेद अह्मेद मोहमेल अल-हेलसँग भेट गरेका थिए ।

त्यसपछि ४ माघमा उनले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेट गरेका थिए । अध्यक्ष तिमिल्सनासँगको भेटमा दुई देशका संसदबीचको सहकार्यका विषयमा छलफल भएको थियो । सोही दिन राजदूत छेन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

त्यस्तै ६ माघमा छेन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवासमा पुगेका थिए ।

देउवा र ओलीसँगको भेटका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीसँग एमाले र कांग्रेस पार्टी तथा दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी भएको उनले जनाएका थिए ।

त्यसपछि ५ माघमा दूतावासले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा राजदूत छेनको आगमन र नयाँ वर्षको स्वागतका लागि राजधानीमा विशेष समारोह समेत आयोजना गरेको थियो ।

छेनले ६ माघमा नै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग समेत सिंहदरबारस्थित मन्त्रालयमा पुगेर भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?