
१० माघ, हेटौंडा । मकवानपुरमा छुट्टाछुट्टै ठाउँमा दुई वटा शव फेला परेको छ ।
कैलाश गाउँपालिका-६ पकने मराङसिङका वीरबहादुर ब्लोनको बारीमा धादिङ गजुरी-४ भुमिढुङ्गाका २२ बर्षीय शंकर तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिका-१८ गुम्बाडाडा खोल्सामा अन्दाजी ४०/४५ बर्षका एक पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मुचुल्का तथा अनुसन्धानका लागि प्रहरी परिचालन गरिए उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4