
१० माघ, काठमाडौं । संसदको क्यान्टिनमा खानपिनका लागि सांसदहरुका लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ ।
यसअघि संसद भवन नयाँ बानेश्वरको क्यान्टिनमा खानपिनका लागि सबैलाई एउटै हलमा व्यवस्था थियो । तर अहिले त्यो हललाई आधा बारेर सांसदहरुका लागि भने छुट्टै स्थान बनाइएको छ ।
र जसको ढोकामा ‘माननीय सदस्यज्यूहरू मात्र ।’ लेखेको स्टिकर टाँसिएको छ ।
त्यो स्थलमा बसेर सांसदहरुले मात्र खान पाउँछन् । संसदका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार तथा पाहुनाले भने त्यो स्थलमा गएर खान पाउँदैनन् ।
अघिल्लो संसदको कार्यकाल सुरु हुँदा पनि माननीयहरुका लागि अलग्गै स्थान बनाइएको थियो । तर संसदमा पनि विभेद भएको भन्दै आलोचना भएपछि बार हटाएर खुल्ला गरिएको थियो ।
क्यान्टिनका एक कर्मचारीले माथिको आदेश अनुसार आफूहरुले माननीयहरुलाई खानपिनका लागि अलग कोठा बनाएको बताए । भने, ‘हामीलाई माथिबाट यस्तै आदेश आएको छ ।’
संसद सचिवालयका कर्मचारीले भने यो आदेशका बारेमा केही थाहा नभएको बताए ।
केही माननीयले क्यान्टिनमा भीड हुने भएकाले खाना खान अहसज भएको गुनासो गरेको र त्यही गुनासोलाई आधार मानेर क्यान्टिनले अलग व्यवस्था गरेको हुन सक्ने उनले बताए ।
प्रतिक्रिया 4