
१० माघ, जनकपुरधाम । मधेश प्रदेशका बिना विभागीय मन्त्रीहरुको जिम्मेबारी तोकिएको छ । गत पुस २९ मुख्यमन्त्री सरोजकुमार यादवसंगै बिना विभागीय मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका तीन मन्त्रीको जिम्मेबारी मंगलबार तोकिएको हो ।
जसपाका सञ्जय यादवलाई अर्थ, नेकपा एमालेका सरोज यादवलाई भौतिक पूर्वाधार र जनमत पार्टीका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो ।
मुख्यमन्त्री यादवले दुईदिन भित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4