
११ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा आफ्नो पार्टीबाट हुने मन्त्री बन्नेहरूको नाम टुंग्याएको छ ।
प्रदेश सरकारको समेत नेतृत्व गरिरहेको माओवादीले पठाउने तीन मन्त्रीमा गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान रहेका एक सांसदले जानकारी दिए ।
श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, दुलालले भौतिक योजना तथा मोक्तानले सामाजिक विकास मन्त्रालय पाउने भएका छन् ।
सिन्धुपाल्चोकका दुलाल र मकवानपुरकी मोक्तान यसअघि समाजिक विकासमन्त्री भइसकेका छन् । सिन्धुलीका श्रेष्ठ भने पहिलोपटक मन्त्री बन्न लागेका हुन ।
२६ पुसमा मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्कटेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। नयाँ मन्त्रीहरुको आजै शपथ हुने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4